शहीद
चारै तिर अध्यारो तर उसको मुहारमा एक
भिन्न चमक थियो
यस पटक त पक्कै हुन्छ परिवर्तन भनि जब होमिए युद्धमा पटक पटक
जब
उनि भए शहीद;
यो त्यो दिनको कुरा थियो ||
नसोची
केहि पनि आफ्नो गरे सबैको हित
हारे
आफै, तर पनि खेद कत्ती रहेन; गराए बलिदानको जित || यस पटक त पक्कै हुन्छ परिवर्तन भनि जब होमिए युद्धमा पटक पटक
कायाँ
मृत भयो उनिहरुका तर भएन कहिल्यै देशमा कायाँपलट ||
थापी
गोली छाती भरी, उनि जब हिजो झिसमिसैमा शहीद भए
कती
सम्म पर्ला परिवारमा भार ति सारा बिर्सिए ||
भोटो
लगाई, भिरी खुर्पेटो मनलाई राखी एक धिरमा
बज्रन
गयो काल समिप; उडि गयो प्राण पखेरो एक छिनमा ||
आदर्श
राखी मनमा जनहितकोलागी मर्न रमाए
आज
देशले आफैं हराईदिए पनि, हिजो सिङ्गो नेपाललाई जिताए ||
पक्कै
भएको छैन सपना पुरा; र रहन पनि दिन हुन्न आधा अधुरा
शालिक
मात्र रहे अब बाकी, गरौं परीश्रमका कुरा; कर्तव्य राखी शिरमा सौन्दर्य नराखौं अपुरा ||
प्रभातिय
उषाकालका किरण सँग खोज्दछन हरेक नेपालिका आँखाहरु ति साथिहरुलाई
जसको
रगतले रङ्गियो धर्ती ति महान यात्रीहरुलाई ||
|| जसको रगतले रङ्गियो धर्ती ति
महान यात्रीहरुलाई ति महान यात्रीहरुलाई ||
Comments
Post a Comment