नखोलिएको पत्र


सम्बन्धित छवि

मनमा सपनाका अङ्क गणित लाई जती सुकै जोड घटाउ गुणा भाग गर
जे गर जती गर तर पनि कहिल्यै हल नहुने हिसाब हो जिन्दगी
सक्छु पढेर भने पनि पढेर नसकिने किताब हो जिन्दगी
हुँदैन कही कतै कोही तिम्रा; आफन्तकै बिचमा पराई हुनु हो जिन्दगी ||

आफ्नो भन्नु फगत केहि नहुँदा आफै भित्र सङ्गालेको मिठो यादलाई
तितो वास्तविकताले भिजाउदै ज्वरोले ग्रसित छोरोलाई
सन्चो होला कि भनेर मल्हम पट्टी लगाउनु हो जिन्दगी
न्याय विनाको निसाफ हो जीन्दगी; नचाहेर मीलेको इन्साफ हो जीन्दगी||

कसैले केहि नबुझे पनि, बुझेर कोही अबुझ बनिदिए पनि
आँखा चिम्मा गरेकाहरुलाई आँखा झिम्म सम्म नहुने  गरी
समयको तुसारापातले
चेतना खोलिदिनु हो जिन्दगी ||

हारेर जिताईदिन्छ जिन्दगी; जितेर पनि हराईदिन्छ जिन्दगी
जिउन सक्छौ त जती सक्छौ खुलेर जिउ
थोरैको पुर्ण हुन्छ कतै तर धेरैको
आध-आधिमा नै सक्की जान्छ जिन्दगी ||


Comments

Popular posts from this blog

Solitude within - Karun

"नकोरिएको पद्चाप - The Ungestured Gesture"

"फिरन्ते-The Wanderer"