"फिरन्ते-The Wanderer"

पहाड, लेक-वेशी,
फाँट र चौतारीहरुमा
भेटिन्छन यहाँ हर कोही विवेक भूलेका विवेकशिलहरु
हरेक मोड अनी घुम्तीहरुमा ।।

हिजो भन्दै थियो साथीले
यार, मेरो त चीना हरायो बाटोमा दौड़िदा
मैले मुस्कुराउदै भने, साथी मेरो त चिनारी खोसियो
जीवनको आभाष गरु भन्दा ||                  





बिचरा तटको दोष के नै थियो र !
थुपारी दिन्छ बालुवा,
खहरे त्यो निर्दयी बनेर जसरी
हरेकका भोगाईमाथि दिन्छ उपनाम यो समाज
कहिले सम्-सान त कहिले यो जिउदो मिसाल बनेर ||    

                                                                                               
क्षितिजमा अस्त हुन लागेका ति सूर्यका बिम्ब जस्तै
कापेको आवाजमा भन्छन यहाँ बाबूले आफ्ना सन्तानहरुलाई
भूले पनि अघाएका मृगले ति तृणका लहरा
नभुलिदिनु तिमीले आफ्नो संस्कार र बिगतका हरेक दिनहरुलाई ||
-करुण भट्टराई

Comments

Popular posts from this blog

रुन दे कर्णाली तेरो के जान्छ; मेरो के जान्छ !

"स्व-आवर्तन" "Self-Reflection"

नखोलिएको पत्र