"नकोरिएको पद्चाप - The Ungestured Gesture"



आशाले भरिएका क्षणमा न्यानोपनको लागी रविको एक किरणनै पुर्ण हुने युग होइन यो,यहाँ मर्यादा पुरुषोत्तम भएर मात्र हुँदैन,रावणकोजस्तो प्रचण्ड ज्ञान र अडिक ध्यानपनि उत्तिकै आवश्यक हुन्छ कतिपय प्रहरहरु उषाकालको उष्णतामय हुन्छन भने कतिपय क्षणहरु ग्रीष्ममा प्रकाण्ड दिवाजस्ता हुन्छनयही ऋतमाझ लुकेको छ सजीव वसन्त जस्लाई जीवन भनिन्छ। ति कोमल पालुवारूपी पूर्णतामय जीवनमा अपूर्णता छाउनेकाम मानव आफू स्वयंले नै गरिरहेको छ। यो अपूर्णता लाई जीवन्त बनाउनु जीवनको उद्देश्य हो। जीवनको उद्देश्य बुझ्न नसक्दा तृष्णाले भौतरिएका मानव शरीरहरु मृग-मरीचिका पठाङग्रा जस्तै उत्रन्त उफ़्रीन्छन र भेटाउदैनं आफ्नै हराएका ति गन्तब्य! रहरको आकृतिबाट एक पाईला तल ऒर्लेर वास्ताविकताको परिधिमा बसेर त हेर तिम्रा गन्तब्यहरुतिम्रा विवसताब्यस्तताहरु त्यही लुकेका छन ! एउटा सिमाना छ तर कुनै रेखा छैनरेखाविन्दु छ तर कुनै सिमा छैन! वस यही सीमारेखाको रहस्य भित्र त जीवनका सार्थकताहरु छुपेका छन


 सपना सबैको हुन्छभावना सबैको हुन्छ आफ्नो सपनाको लागी अरुको जीवनलाई तमासा बनाउनु हुँदैन मन सबैको एउटै हो तिमीलाई जे ले दुखाउछ अरुलाई नि त्यस्तै हो! सोच्ने गर्दथे सायद उचाई हो जीवनसायद उडान हो जीवन तर जीवन उचाई हैंन गहिराई रहेछ उडान हैंन स्थिरता रहेछ । सायद जीवन धर्म होइन मर्म होर पक्कै पनी सोचाई हैंन भोगाई हो जीवन । सायद जीवन हल्काई हैंन वजन हो । सायद जीवन खुल्ला पुस्तक हैंन रहस्यमय यात्रा हो ।'जीवनकेबल एउटा शब्द मात्र होइन परिभाषित गर्न। यो त जन्मदेखि चितासम्मको भोगाई र कन्दनीदेखि कात्रोसम्मको अलिखित तर मौलिक कथा हो। त्यसैले तन कसैलाई जित्नु छन कसैलाई हराउनु यो जीवनको खेल मेरो आफ्नै होमात्र आफुले आफैलाई चिन्नू छ ! म जस्तो देखिन्छुत्यस्तो छैनम जस्तो छु,त्यस्तो देखिन्नदेखिएको म होईन,म नदेखिएको छदै छैन मम होईनम बिल्कुल आफू भित्र छुहेर्न चाहन्छौ भने मनको आँखाले हेर मेरो वास्तविक रूप देख्नेछौ । म गन्तव्य हराएर यात्रामा निस्किएको एक मुसाफिर हुँरहरको धरातलबाट तल ओर्लेर,बाध्यताको आँखाले हेर तब मात्र देख्नेछौं मेरो हराएको गन्तव्य। वस यही कारणले हत्केलाका रेखा अनी नीधारको भाग्यको भरमा कहीलै जीन्दगी जिउदिनजिउँछु त सीर्फ लक्ष्य प्राप्तीका लागी अगाडी बढेका पाऊ र तिनीहरुको परीश्रमको बलमा! 

      जिन्दगी एक रंगमञ्च न रहेछआऊ तिमी पनि एकछिन नाटक गरिदेउ। संसार ताली पिट्नेछ तिमी खुसी भएको जस्तै गर वेदना त आफू भित्र छँदैछन् । जीन्दगी छहराबाट खस्ने झर्ना जस्तै हो  त्यस्को सुन्दरता सबैले देख्छन तर  पहरामा ठोक्किएको कसैले देख्दैनर ततिनीहरु नै अघि बढ्छन्जस्ले समस्यालाई संभावना बनाउने साहस राख्छन्। 



कसैको मौनतालाई कमजोरी सम्झेर उसलाई कमजोर मान्नु महामुर्खता हो ! के थाहा उसको मौनताभित्र विश्वलाई नै
 जित्ने ताकत लुकेको छ कि !! महान ऊ हैन जो वेद पढ्न सक्छमहान ऊ हो जो वेदना बुझ्न सक्छ।

      कुनै दिन हिंड्दा हिंड्दै एकैछिन पछाडी फर्केर हेंरेमेरो सपनाले पछ्याई रहेछ कि भनेर ! धेरै बेर पर्खन सकिनअगाडी आमाबुबाको सपनाहरूले पर्खी बसेका थिए। किन कि मेरो बाबा सधै भन्नुहुन्छ,"सोच उज्यालोमन सफा र लक्ष्य प्रष्ट हुनुपर्छ -- निष्पट्ट अँध्यारोमा समेत् बाटो फेला पार्न सकिन्छ!" असल मानिस बन्न र रहिरहन सजिलो छैनप्रयत्नसाध्य र कष्टसाध्य छ। तर जीवनको आनन्दसार्थकता र सुन्दरता त्यसैमा छ। आजको विजेताहिजोको त्यही मान्छे हो जस्ले हरेक पटक हार खाँदा पनि प्रयास कहिले छोडेन। जति पटक लड्यो त्यति पटक उठ्योफगत जित्ने झिनो आशमा। सपना यस्तो देख्नुस्, सुरुमा मान्छेहरु ब्यंग्य गर्दै हाँसुन् ! र, भविष्यमा तपाई सफल भएपछि रुन्चे हाँसो हाँसुन् ।

     जीवन, हेमन्तको उष्णताले भरिएको प्रभातकालीन समय जस्तै हो । एकटक अडिएर हेर्नू सारा संसारबाट आफूलाई अलग्याए जस्तो भान हुन्छ ;यस्तो लाग्छ त्यहाँ रातारात कोहि-कसैले क्षितिज संगै जोडेर विशाल पर्खाल ठडाईदियो / यो सोचलाई चिर्नु नै विवेक हो; अरे एक पटक कोसिस गरेर त हेर ; जब जीवनमा कुनै दिशाबोध गर्दैनौं कोसिस नै गर्नु पर्छ तर जब त्यहीँ प्रयासबाट पनि आफ्नो हात झिक्छौं वा प्रयासरत: हातहरु ठुत्छौं तिम्रो मानव बाट दानव तर्फको यात्रा सुरु हुन्छ ।
जब त्यस पर्खाललाई चिर्छु भन्ने दृढतामा आत्मविश्वासलाई लिगेर अघि बढ्छौं तबमात्र थाहा हुन्छ त्यो पर्खाल स्वमं मानव मस्तिष्कमा मात्रै सिमित छ , आफ्नो मस्तिष्कको त्यस पर्खाललाई तोडेर अघि बढ अनि बल्ल थाहा हुनेछ जीवनमा कति माथी पुग्न सक्छु भनेर ।
 मान्छे सबै हुनसच्चा मानव लाखौंमा एक हुन्छ्न । जसरी सन्ध्याको आगमनसंगै आकाशमा चन्द्र मुस्कुरान सुरु गर्दछ त्यसरी नै कोहि दु:खमा हुने प्रत्यक पल सदा एक सच्चा मानवको उदय हुन्छ । जसरी सबै औषधिमा तितोपन मिस्सिएको हुन्छ त्यसरि नै मानवको यो एक यात्रामा दुख,आवेग,पश्चाताप,नशा आदि मिस्सिएको हुन्छ त्यस पल संयमित नहुदानै मानवले दानव तर्फ आफ्ना पाईला मोडेको हुन्छ। जहाँ आफुलाई लगाम दिन अनुशासन हुदैन जस्को अनुहारमा मलिनताब्यवहारमा गम्भीरता र जिम्मेवारबोध हुदैन ऊ कदापी मानव बन्न सक्दैन ।                    

          "हर जिवन यहाँ, एऊटा सन्देश हो। कसैको लेखिन्छ, कसैको पढिन्छ र धेरैको भुलिन्छ। जिन्दगीमा यसले केही गर्न सक्दैन भन्नेहरू जब उसले केही गर्न थाल्छ भन्न थाल्छन् सफल हुँदैन। जब ऊ सफल हुन्छ अनि भन्छन् भाग्य लिएर जन्मेको रहेछ।"

र अन्त्यमा
"प्रकृतीको तालसँगै ताल मिलाउँदै प्रवाह भईरहने  
तिम्रो श्वासमा खोतल अनि तिमीले थाहा पाउने छौ 
हरेक युगमा सबै मानिस एकैपल्ट निदाउँदा 
म सबैलाई एक एक गरि ब्युँझ्याउने गर्छु 
त्यसैले मेरो उपहास नगर 
किनकि म त मानवतालाई प्राप्त 
एक मीठो उपहार हुँ ....."

करुण .......✍



Comments

Post a Comment

Popular posts from this blog

रुन दे कर्णाली तेरो के जान्छ; मेरो के जान्छ !

"स्व-आवर्तन" "Self-Reflection"

नखोलिएको पत्र