प्रिय जिन्दगी !
प्रिय जिन्दगी,
तिम्रो सम्बोधनमा
जती-जती शब्दको खर्च गर्दै गए, त्यती-त्यती शब्दको नै उपहाश गरी रहेको छु भन्ने
आभाष मलाई तब मात्र भयो जब मेरा यि कापिरहेको शरीर, धरमराहेको
हृदय र धमिलिएको दृष्टी स्वम आफै देखी टाडाँ टाडाँ जादै थिए /
जिन्दगी मलाई
प्यार त त्यतीखेर पनी भएको थियो, यतीखेर पनी भएको छ - तिमी सँग अनि
अन्त्वत्वगत्व आफै सँग फरक यत्ति हो: त्यतिखेर मायामा थिए, अहिले प्रेममा छु- तिमीसँग जिन्दगी केवल तिमीसँग; फरक यत्ती हो त्यती
खेर तिमी मेरो अस्तित्व बनेर उभिन्थेउ, अहिले मेरा शब्द मेरा
प्रतिक बनेर उभिन्छन /
संध्या
गोधूलिएको थियो,
गोरेटो साँघुरो थियो अनि अल्ली पर थकाई मार्ने चौतारोको
छायाँ अग्लीएर मेरो छेवैसम्म आईपुगेको थियो, सायद ऊ पनि दिनभरी मेरै पर्खाईमा
बसिरहेको थियो जसरी Threshold
potential को पर्खाईमा Action Potential बसेको
हुन्छ, जसरी आफैलाई Glucose-6-Phosphate
बनाउन Glucokinase पर्खाईमा Glucose बसेको हुन्छ /
प्रिय जिन्दगी
म पनि बद्लिन चाहेको थिए तिम्रो मायामा, तिम्रा हरेक स्पर्श मेरो
खुट्टा देखी मस्तिस्क सम्म तरङ्गित भएर बग्दथे तर जसै ति तरङ्ग मबाट छुट्दथे, “म”भित्र “म” भन्ने मलाई नै जिन्दगी तिम्रो रुप धारण गरेर प्रश्न गर्दथे ," करुण आखिर खै त त्यो मान्छे जसलाई तिमीले कुनै समय मलाई भन्दा पनि धेरै माया गर्ने गरेको थियौ ?" आज सम्म मैले तिमीलाई मौनाताले उत्तर दिने गरेको थिए, आज केहि बोल्छु तिम्रो स्विकारोक्ती तिम्रो मौनाता मानेको छु जिन्दगी /
समयको
क्यान्भास पल्टाएर हेर्दा साहित्यमा बग्ने खाल को बिम्ब र प्रतिक जस्तो रङ्गिन
रहेनछ तिम्रो र मेरो सम्बन्ध / बाटोमा अल्मलिदा तिमी
सङ्ग भएको नक्सा नहेरी आफै आफ्नै गोरेटो कोर्न चाहने मानिस आज पुन: तिमीलाई ढल्दै
गएको सुर्यको धुलो अनि मुर्झाउदै गएको चौताराको फेदिमा कुरी बसेको छु / तिम्रो महानाता भन्नु पर्दछ जता-जता म गए त्यता-त्यता तिमीले मेरो बाटो कोरिदियौ जिन्दगी तिमी आफै जिन्दगी बनेर /
रुझेका थिए
होलान आँखा तिम्रा पनि अहिले मेरा रुझे सरी, त्यतिखेर तिमी फेरी पनि
मेरा दृष्टी बन्न सक्थौ; ग्लानी यत्ती छ, अहिले म दृश्य हेर्न चाहन्छु तर
मेरा दृष्टी बनिदिन तिमी छैनौँ / हो जिन्दगी आज म शैयामा छु -
मेरो तिमी सँगको अन्तिम शैया: मृत्युशैयामा छु / अगाडी भनेको त्यो डुब्दै गएको सुर्य आफ्नै तेज गुमाउदै गएको म हुँ, पछाडी आईरहेको यात्री मेरा अपुरा सपना हुन्;
अनि त्यो मुर्झाउदै गएको चौतारा चाहिं स्वंम तिमी हौ जिन्दगी /
यात्राको उद्गम
तिमी सँग भयो होला अफसोस्
अन्त्य तिमी सङ्ग हुन सकेन,
अब प्रकृतिलाई पनि त्यस यात्रीलाई थकाई मार्ने चौतारा
बिनाको गोरेटोमा एक्लै
यात्राको सफरमा लिएर जानु छ / अनि यि प्रेमवादहरु
त्यही चौतारामा छाडिदिनु छ /
आखिर प्रेम
हुनु पनि त यही सम्म मात्र त थियो, तर यो
भनिरहदाँ अब चाही तिमी अप्रिय लाग्छौ भन्न खोजेको हैन प्रिय जिन्दगी / आफै बाट अलग्गिएर कुनै विशेष दिनको पर्खाइमा नरही त्यस शैयामा चिर
निद्रामा बिना सपना सुतिरहेको शरिर हेर्छु, अरे यो त त्यही मान्छे हो
जसले हरेक साँझ ,"सोह्र वर्षे उमेरैमा मै पनि…….. " गित गाउँदै
हिड्ने गर्दथो तर आज उसलाई न त कुनै संगीतले नै छुन्छ न त कुनै अनुरागले नै /
प्रिय जिन्दगी
कसैको आखाँमा डुब्नु पुर्व उसका लोलाएका आँखामा हेर ति त्यही आँखा हुन जसले आफ्ना
सपनामा भन्दा तिम्रा सपनामा बढी रमाएका
थिए तिमीले उसलाई स्पष्ट भनेकी थिएउ ," करुण चाहे तिमी जती
नै युद्ध किन नजित जिवनको अन्तिम युद्धमा मेरो नै हात बाट मर्नेछौ !" आज त्यस
मृत शरिर ले तिम्रा आँखामा आँखा जुझाई प्रश्न गरिरहेछन्, समयकी Membrane मा
FAS Ligand को रुपमा बास गरेकी आफैलाई Autophagy
गरिदिने तिमी कतै Lysosomal Enzyme त हैनौ !
तिमीले
सधै मलाई प्रश्न गर्ने गरेकी थियौ ,"
करुण तिमीले आफ्ना हरेक लेखका विषय मलाई नै किन बनाउने गर्छौं
?" उत्तर: "जिन्दगी मेरो तिमी बिना आखिर को नै थियो र !"
मलाई थाहा छ जिन्दगी मेरो समय सक्की सकेको छ, म अब केवल मृत्युसैयामा निदाईरहेको आफ्नो शरिर र अबको केहि
समय पश्चात उसलाई खरानिमा अनुवाद भएको मात्र देख्न सक्दछु तर जुन सुकै जिन्दगी पनि
यहाँ जुन रुपमा उपस्थित छन आज सम्मको तिम्रो स्नेहको प्रतिफल पाएका शब्द सापटी
लिएर भन्न चाहन्छु,"
कसैको प्रेम होस् त तिमी सँग होस्; कोही डुब्दछन त तिमी मानै डुबुन्; कोही उड्दछन त तिम्रै
प्रभाव ले उडुन्!"
यती सारा
पश्चाताप हुँदा हुँदै पनि आज मलाई सँसार कै सारा खुशी मिलेको छ किनकी मलाई आफ्नै
जिन्दगीसँग प्रेम भएको छ;
आफ्नै सपनाले द्रविभुत गराईरहेका छन्/ FLY को उदगम भएको छ उडान् अनि
First Love Yourself आफैंसँग प्रेम भएको छ /
पुन: जिन्दगी मलाई प्यार त
त्यतीखेर पनी भएको थियो,
यतीखेर पनी भएको छ - तिमी सँग अनि अन्त्वत्वगत्व आफै
सँग फरक यत्ति हो: त्यतिखेर मायामा थिए, अहिले प्रेममा छु- तिमीसँग जिन्दगी केवल तिमीसँग; फरक यत्ती हो त्यती
खेर तिमी मेरो अस्तित्व बनेर उभिन्थेउ, अहिले मेरा शब्द मेरा
प्रतिक बनेर उभिन्छन /
उहिं ,
तिमीलाई समयले नेटो काटी सकेपछी चिन्ने स्वास
अलबिदा !
Comments
Post a Comment