रुन दे कर्णाली तेरो के जान्छ; मेरो के जान्छ !


रुन दे कर्णाली तेरो के जान्छ; मेरो के जान्छ
हिजो पनि जनता मारेकै होस परिवर्तनका
लागी आज पनि मार्दै छस |
सिंगो कर्णाली नै मेरे पनि तेरो आफन्त त सकुशल नै छन क्यारे!
तेरो के जान्छ मेरो के जान्छ ||




पुल बनाउछु भन्थिस; निकै ठुलो पुल बनाएछस
सिदै कर्णाली र मृत्युलाई जोड्ने पुल
आज त्यही पुलमा हजारौलाई हिडाउछस
तेरो नियत ति अनपढ़ सोर्पू बा ले पनि बुझेका छन
त अन्जान बनिराख
तेरो के जान्छ मेरो के जान्छ ||

आज साझ निकै खुसीको खबर आउने वाला छ
सुनिस आँखा चिम्म गरेर
संसार अध्यारो भयो भनी बसेको
ए राज्य!
बझाङमा आफ्नै आँग न्यानो कपड़ाले ढाक्न नपाई १० दिने गर्भवती मर्दै छिन |
जुम्लामा खाने कुराको कुम्ला बोकेर पुग्दै गरेको सरकार टुलुटुलु हेर्दै
पाँच वर्षीयाले संसार छोडिन आज बिहान |
न तलाई चसक्क भयो न मलाई नै कतै बिझायो
मर्नेलाई मर्न दे राज्य
बिन्ती सिटामोल नपुराईदे
ते के जान्छ मेरो के जान्छ ||

त्यसैले हरेक रात हुम्लाको आँसु रोईदिने ए चाँदनी
आफ्नो आँखाको आफैलाई माया छैन भने
सुतेको नाटक गरेक राज्यलाई सुत्न देऊ
उता कर्णाली साच्चिकै निदाउनेछ एकदिन
अनुरोध गर्दछु बरु त्यों सरकारसंग
सिटामोलको सट्टा निंदमोल पुर्याईदे
किताबको सट्टा अन्धकार पुर्याईदे
तौले सोचेको भन्दा चाँढै निदाउनेछ कर्णाली
घाम अस्ताउनु अघिनै सुनसान हुनेछ कर्णाली
त्यसैले त
जहाँ जे भए पनि
तेरो के जान्छ मेरो के जान्छ ||

...... करुण
२०७४-०९-१५

Comments

Popular posts from this blog

"नकोरिएको पद्चाप - The Ungestured Gesture"

Solitude within - Karun

"फिरन्ते-The Wanderer"