"स्व-आवर्तन" "Self-Reflection"


जारी नै छ युद्ध अझै खानपानसँग मेरो
न आक्रोस छ न गुनासो भगवानसँग मेरो||

टुहुराको दिन आउछ गरीबको भाग्य फिर्छ

बिमती थ्यो सुरु बाटै ती उखानसँग मेरो ||
ऐना सामु उभ्भिएर आफैलाई निहाल्छु म
जोडिन्छ यो नाक किन?पहिचानसँग मेरो||
चमत्कार तब मान्छु जब ढुंगो अन्न बन्छ
चुनौती छ तिम्रो झुटो त्यो विज्ञानसँग मेरो||

Comments

Popular posts from this blog

प्रिय जिन्दगी !

नखोलिएको पत्र

"फिरन्ते-The Wanderer"