Posts

Showing posts from January, 2018

शहीद

Image
चारै तिर अध्यारो तर उसको मुहारमा एक भिन्न चमक थियो जब उनि भए शहीद ; यो त्यो दिनको कुरा थियो   || नसोची केहि पनि आफ्नो गरे सबैको हित हारे आफै , तर पनि खेद कत्ती रहेन ; गराए बलिदानको जित   ||   यस पटक त पक्कै हुन्छ परिवर्तन भनि जब होमिए युद्धमा पटक पटक कायाँ मृत भयो उनिहरुका तर भएन कहिल्यै देशमा कायाँपलट   || थापी गोली छाती भरी , उनि जब हिजो झिसमिसैमा शहीद भए कती सम्म पर्ला परिवारमा भार ति सारा बिर्सिए   ||   भोटो लगाई , भिरी खुर्पेटो मनलाई राखी एक धिरमा बज्रन गयो काल समिप ; उडि गयो प्राण पखेरो एक छिनमा   || आदर्श राखी मनमा जनहितकोलागी मर्न रमाए आज देशले आफैं हराईदिए पनि , हिजो सिङ्गो नेपाललाई जिताए   || पक्कै भएको छैन सपना पुरा ; र रहन पनि दिन हुन्न आधा अधुरा शालिक मात्र रहे अब बाकी , गरौं परीश्रमका कुरा ; कर्तव्य राखी शिरमा सौन्दर्य नराखौं अपुरा || प्रभातिय उषाकालका किरण सँग खोज्दछन हरेक नेपालिका आँखाहरु ति साथिहरुलाई जसको रगतले रङ्गियो धर्ती ति महान यात्रीहरुलाई ||   || जसको रगतले रङ्गियो धर्ती ति महान यात्रीहर

नखोलिएको पत्र

Image
मनमा सपनाका अङ्क गणित लाई जती सुकै जोड घटाउ गुणा भाग गर जे गर जती गर तर पनि कहिल्यै हल नहुने हिसाब हो जिन्दगी सक्छु पढेर भने पनि पढेर नसकिने किताब हो जिन्दगी हुँदैन कही कतै कोही तिम्रा; आफन्तकै बिचमा पराई हुनु हो जिन्दगी || आफ्नो भन्नु फगत केहि नहुँदा आफै भित्र सङ्गालेको मिठो यादलाई तितो वास्तविकताले भिजाउदै ज्वरोले ग्रसित छोरोलाई सन्चो होला कि भनेर मल्हम पट्टी लगाउनु हो जिन्दगी न्याय विनाको निसाफ हो जीन्दगी; नचाहेर मीलेको इन्साफ हो जीन्दगी|| कसैले केहि नबुझे पनि, बुझेर कोही अबुझ बनिदिए पनि आँखा चिम्मा गरेकाहरुलाई आँखा झिम्म सम्म नहुने  गरी समयको तुसारापातले चेतना खोलिदिनु हो जिन्दगी || हारेर जिताईदिन्छ जिन्दगी; जितेर पनि हराईदिन्छ जिन्दगी जिउन सक्छौ त जती सक्छौ खुलेर जिउ थोरैको पुर्ण हुन्छ कतै तर धेरैको आध-आधिमा नै सक्की जान्छ जिन्दगी ||