शहीद
चारै तिर अध्यारो तर उसको मुहारमा एक भिन्न चमक थियो जब उनि भए शहीद ; यो त्यो दिनको कुरा थियो || नसोची केहि पनि आफ्नो गरे सबैको हित हारे आफै , तर पनि खेद कत्ती रहेन ; गराए बलिदानको जित || यस पटक त पक्कै हुन्छ परिवर्तन भनि जब होमिए युद्धमा पटक पटक कायाँ मृत भयो उनिहरुका तर भएन कहिल्यै देशमा कायाँपलट || थापी गोली छाती भरी , उनि जब हिजो झिसमिसैमा शहीद भए कती सम्म पर्ला परिवारमा भार ति सारा बिर्सिए || भोटो लगाई , भिरी खुर्पेटो मनलाई राखी एक धिरमा बज्रन गयो काल समिप ; उडि गयो प्राण पखेरो एक छिनमा || आदर्श राखी मनमा जनहितकोलागी मर्न रमाए आज देशले आफैं हराईदिए पनि , हिजो सिङ्गो नेपाललाई जिताए || पक्कै भएको छैन सपना पुरा ; र रहन पनि दिन हुन्न आधा अधुरा शालिक मात्र रहे अब बाकी , गरौं परीश्रमका कुरा ; कर्तव्य राखी शिरमा सौन्दर्य नराखौं अपुरा || प्रभातिय उषाकालका किरण सँग खोज्दछन हरेक नेपालिका आँखाहरु ति साथिहरुलाई जसको रगतले रङ्गियो धर्ती ति महान यात्रीहरुलाई || || जसको रगतले रङ्गियो धर्ती ति महान यात्रीहर