Posts

Showing posts from December, 2017

रुन दे कर्णाली तेरो के जान्छ; मेरो के जान्छ !

Image
रुन दे कर्णाली तेरो के जान्छ; मेरो के जान्छ हिजो पनि जनता मारेकै होस परिवर्तनका लागी आज पनि मार्दै छस | सिंगो कर्णाली नै मेरे पनि तेरो आफन्त त सकुशल नै छन क्यारे! तेरो के जान्छ मेरो के जान्छ || पुल बनाउछु भन्थिस; निकै ठुलो पुल बनाएछस सिदै कर्णाली र मृत्युलाई जोड्ने पुल आज त्यही पुलमा हजारौलाई हिडाउछस तेरो नियत ति अनपढ़ सोर्पू बा ले पनि बुझेका छन त अन्जान बनिराख तेरो के जान्छ मेरो के जान्छ || आज साझ निकै खुसीको खबर आउने वाला छ सुनिस आँखा चिम्म गरेर संसार अध्यारो भयो भनी बसेको ए राज्य! बझाङमा आफ्नै आँग न्यानो कपड़ाले ढाक्न नपाई १० दिने गर्भवती मर्दै छिन | जुम्लामा खाने कुराको कुम्ला बोकेर पुग्दै गरेको सरकार टुलुटुलु हेर्दै पाँच वर्षीयाले संसार छोडिन आज बिहान | न तलाई चसक्क भयो न मलाई नै कतै बिझायो मर्नेलाई मर्न दे राज्य बिन्ती सिटामोल नपुराईदे ते के जान्छ मेरो के जान्छ || त्यसैले हरेक रात हुम्लाको आँसु रोईदिने ए चाँदनी आफ्नो आँखाको आफैलाई माया छैन भने सुतेको नाटक गरेक राज्यलाई सुत्न देऊ उता कर्णाली साच्चिकै निदाउनेछ एकदिन अनुरोध गर्दछु बरु त्यो

"नकोरिएको पद्चाप - The Ungestured Gesture"

Image
आशाले भरिएका क्षणमा न्यानोपनको लागी रविको एक किरणनै पुर्ण हुने युग होइन यो , यहाँ मर्यादा पुरुषोत्तम भएर मात्र हुँदैन , रावणकोजस्तो प्रचण्ड ज्ञान र अडिक ध्यानपनि उत्तिकै आवश्यक हुन्छ  । कतिपय प्रहरहरु उषाकालको उष्णतामय हुन्छन भने कतिपय क्षणहरु ग्रीष्ममा प्रकाण्ड दिवाजस्ता हुन्छन ,  यही ऋतमाझ लुकेको छ सजीव वसन्त जस्लाई जीवन भनिन्छ ।  ति कोमल पालुवारूपी पूर्णतामय जीवनमा अपूर्णता छाउनेकाम मानव आफू स्वयंले नै गरिरहेको छ ।  यो अपूर्णता लाई जीवन्त   बनाउनु जीवनको उद्देश्य हो ।  जीवनको उद्देश्य बुझ्न नसक्दा तृष्णाले भौतरिएका मानव शरीरहरु मृग-मरीचिका पठाङग्रा जस्तै उत्रन्त उफ़्रीन्छन र भेटाउदैनं आफ्नै हराएका ति गन्तब्य! रहरको आकृतिबाट एक पाईला तल ऒर्लेर वास्ताविकताको परिधिमा बसेर त हेर तिम्रा गन्तब्यहरु ,  तिम्रा विवसता ,  ब्यस्तताहरु त्यही लुकेका छन ! एउटा सिमाना छ तर कुनै रेखा छैन ,  रेखाविन्दु छ तर कुनै सिमा छैन! वस यही सीमारेखाको रहस्य भित्र त जीवनका सार्थकताहरु छुपेका छन ।   सपना सबैको हुन्छ ,  भावना सबैको हुन्छ आफ्नो सपनाको लागी अरुको जीवनलाई तमासा   बनाउनु हुँदैन  ,  मन सबैको