Posts

Showing posts from November, 2017

"अ-स्पर्शित यात्रा - The Untouched Journey"

Image
तिम्रो विज्ञानले आकाश छैन भन्ला तर मलाई विज्ञानले आँखाको ज्योति त दियो तिम्रो जस्तो भने दिएन ; शरीरको आँखाले हैन मनको आँखाले हेर्न सिकायो, शरीरको सफापन मात्र हैन मनको सफा हुन सिकायो, व्यवहारमा कौटिल्य अपनाउन सिकायो। तिमीले तुच्छ मानेको वेद र मानुष्मृतीलाई आदर्श बनाउन सिकायो। तिमी वायुमण्डल देख्छौं, म क्षितिज देख्दछु र हरेक आँखाका अस्पष्ट सपनाहरुले ठोस रुप लिग्दैं गरेको देख्दछु। तिमी पसिना देख्छौं, म पसिनाका हरेक बुंदले बोकेका लक्ष्य देख्दछु। ऐनामा हेर त! तिमी आफुले आफैलाई देख ्लाउ, म निराकार आकृती देख्छु र त फेरि सलबलाउन थाल्छ्न सुषुप्त ती अजागृत भावनाहरु जहाँबाट करुणको नितान्त फरक संसारको सिमारेखा प्रारम्भ हुन्छ । अंश :- अन्-स्पर्शित यात्रा © :-  करुण Your science might tell sky doesn't exist, but the science of mine gave me sight on eyes but not as of yours! It taught me to look from heart but not from my eyes, taught not only clarity of soul but also purity of heart and to be dedicated towards responsibility. The demoralized Vedas and Manusmriti of yours became my ideal.

"स्व-आवर्तन" "Self-Reflection"

Image
जारी नै छ युद्ध अझै खानपानसँग मेरो न आक्रोस छ न गुनासो भगवानसँग मेरो|| टुहुराको दिन आउछ गरीबको भाग्य फिर्छ बिमती थ्यो सुरु बाटै ती उखानसँग मेरो || ऐना सामु उभ्भिएर आफैलाई निहाल्छु म जोडिन्छ यो नाक किन?पहिचानसँग मेरो|| चमत्कार तब मान्छु जब ढुंगो अन्न बन्छ चुनौती छ तिम्रो झुटो त्यो विज्ञानसँग मेरो||