Posts

Showing posts from February, 2019

प्रिय जिन्दगी !

Image
प्रिय जिन्दगी ,      तिम्रो सम्बोधनमा जती - जती शब्दको खर्च गर्दै गए , त्यती - त्यती शब्दको नै उपहाश गरी रहेको छु भन्ने आभाष मलाई तब मात्र भयो जब मेरा यि कापिरहेको शरीर , धरमराहेको हृदय र धमिलिएको दृष्टी स्वम आफै देखी टाडाँ टाडाँ जादै थिए /      जिन्दगी मलाई प्यार त त्यतीखेर पनी भएको थियो , यतीखेर पनी भएको छ - तिमी सँग अनि अन्त्वत्वगत्व आफै सँग   फरक यत्ति हो : त्यतिखेर मायामा थिए , अहिले प्रेममा छु - तिमीसँग जिन्दगी केवल तिमीसँग ; फरक यत्ती हो त्यती खेर तिमी मेरो अस्तित्व बनेर उभिन्थेउ , अहिले मेरा शब्द मेरा प्रतिक बनेर उभिन्छन /      संध्या गोधूलिएको थियो , गोरेटो साँघुरो थियो अनि अल्ली पर थकाई मार्ने चौतारोको छायाँ अग्लीएर मेरो छेवैसम्म आईपुगेको थियो , सायद ऊ पनि दिनभरी मेरै पर्खाईमा बसिरहेको थियो जसरी Threshold potential को पर्खाईमा Action Potential बसेको हुन्छ , जसरी आफैलाई Glucose-6-Phosphate बनाउन Glucokinase पर्खाईमा Glucose बसेको हुन्छ /      प्रिय जिन्दगी म पनि बद्लिन चाहेको थिए तिम्रो मायामा , तिम्रा हरेक स्पर्श मेरो खुट्टा देखी मस्तिस्क सम्म तरङ्गित भएर