Posts

Showing posts from March, 2017

"फिरन्ते-The Wanderer"

Image
पहाड, लेक-वेशी, फाँट र चौतारीहरुमा भेटिन्छन यहाँ हर कोही विवेक भूलेका विवेकशिलहरु हरेक मोड अनी घुम्तीहरुमा ।। हिजो भन्दै थियो साथीले यार, मेरो त चीना हरायो बाटोमा दौड़िदा मैले मुस्कुराउदै भने, साथी मेरो त चिनारी खोसियो जीवनको आभाष गरु भन्दा ||                   बिचरा तटको दोष के नै थियो र ! थुपारी दिन्छ बालुवा, खहरे त्यो निर्दयी बनेर जसरी हरेकका भोगाईमाथि दिन्छ उपनाम यो समाज कहिले सम्-सान त कहिले यो जिउदो मिसाल बनेर ||                                                                                                     क्षितिजमा अस्त हुन लागेका ति सूर्यका बिम्ब जस्तै कापेको आवाजमा भन्छन यहाँ बाबूले आफ्ना सन्तानहरुलाई भूले पनि अघाएका मृगले ति तृणका लहरा नभुलिदिनु तिमीले आफ्नो संस्कार र बिगतका हरेक दिनहरुलाई || - करुण भट्टराई